सर्जक घनश्याम रिजाललाई विन्ध्यवासिनी म्युजिक अवार्ड

पाेखरा | बैशाख २४, २०८०

सर्जक घनश्याम रिजाललाई विन्ध्यवासिनी म्युजिक अवार्ड

 

पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् ।

 

काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो । 

 

रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो र जसमा लोकदोहोरी गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज रहेको छ । पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उनको योगदान अतुलनीय छ । 

 

 नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ । प्रेमिल भावका गीत सँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गरेका छन् भने,  घर शुन्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत रहेका छन् । 

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्