‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री
काठमाडाैं | जेठ ३०, २०७९
काठमाण्डौँ : भदौ १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशको विदेश राईट महंगो मुल्यमा बिक्री भएको छ । दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको हो । चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश राईटस् बिक्री भएको चलचित्रका निर्माता महेन्द अधिकारीले जानकारी दिएका छन् ।
चलचित्रमा पछिल्लो समयका चर्चित नायक प्रदिप खड्का, दिया मास्के लगायतको अभिनय रहेको छ । एक युवाले शिक्षक बन्ने दौडमा गरेको संघषलाई चलचित्रमा देखाईएको छ । धेरै चलचित्रमा लबर बोईको रोलमा देखिने प्रदिप यो चलचित्रमा भने फरक रुपमा देखिएका छन यसै कारण पनि चलचित्रको प्रखाईमा छन् दर्शकहरु ।
महेन्द| अधिकारीको लगानीमा निर्माण भएको चलचित्रलाई बिनिस इन्टरटेनमेन्टले निर्माण गरेको हो । बिकास सुबेदीको लेखनमा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायंकन , जीवन थापाकोे सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । चलचित्र भदौ १० गतेबाट नेपालभर प्रदर्शनमा आउदै छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

