थाइल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने नन्दलाल पक्राउ

काठमाडाैं | बैशाख २२, २०८०

थाइल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने नन्दलाल पक्राउ

काठमाडौं:  थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा  भरतपुर महानगरपालिका–२७ बालुवा घर भई हाल काठमाडौं टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ३१ वर्षीय नन्दलाल महतो रहेका छन् । 
 

महातो विरुद्ध वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–९ म्याग्दी चोकबाट बुधबार पक्राउ गरेको हो ।

 

उनले वैदेशिक रोजगारका लागि थाइल्याण्ड पठाउछु भन्दै विभिन्न प्रलोभनमा पारी पटकपटक गरी ३ लाख ५० हजार गरेको बताइएको छ ।  

 

उनले थाइल्याण्डको प्रतिष्ठित कम्पनीमा काम लगाउने र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने भन्दै पीडितहरुसँग रकम असुल्दै आएको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका महतोलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।


 

पोखरा:    नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २०८४ सालको निर्वाचनमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बनाउने अभियानमा निरन्तर लाग्न कार्यकर्तालाई निर्...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा ...

थप पढ्नुहोस्

पोखरा:     पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ ।  नेपाल लोकतान्त्रीक खेल...

थप पढ्नुहोस्