बुद्ध जयन्तीमा कास्की प्रशासनले अत्यावश्यक सेवा दिने
पाेखरा | बैशाख २१, २०८०
कास्की: जिल्ला प्रशासन कार्यालय कास्कीले भोलि (शुक्रबार) सार्वजनिक विदा भएपनि अत्यावश्यक सम्बन्धि सेवा दिने भएको छ ।
आज एक सूचना जारी गर्दै नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा दिने जानकारी दिएको हो ।
सिडिओ कार्यालय कास्कीद्वारा जारी सूचनामा भनिएको छ, ‘भोलि मिति २०८०/०१/२२ गते शुक्रबारका दिन बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा भएतापनि यस जिल्ला प्रशासन कार्यालय कास्कीबाट देहायका सार्वजनिक सेवा प्रवाह हुने भएको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...
पोखर: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ । पृथ्वी जयन्ती...

