व्यवसायी पलायन भएको प्रति पोउवा संघको ध्यानाकर्षण, घरभाडामा छुट दिन आग्रह
पाेखरा | बैशाख २०, २०८०
पोखरा: पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ ।
पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले। सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा बुधबार जारी विज्ञप्तिमा बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरुलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ ।
महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै भनेका छन्,‘माहुरीलाई पोलेपछि अर्को पटक मह प्राप्त हुँदैन । माहुरीलाई पालेर मह लिने हो । तसर्थ संकटको यो बेला साबिकको घर भाडामा सम्भव भएसम्म छुट दिन,स्थिति सहज नहुँदासम्म बहाल नबढाउने सुनिश्चितता गर्न हामी घरधनीसँग आग्रह गर्दछौं ।’ संघको विज्ञप्तिमा नियमित भाडा बुझाउनेलाई प्रोत्साहित गर्नुपर्ने तथा घरधनीसँग मित्रवत् व्यवहार गर्न,सम्झौता अनुरुपको भाडा तिर्नुपर्छ र नतिरे कानुन आकर्षित हुन्छ भन्ने मनन गर्न व्यवसायीहरुसँग आग्रह पनि गरिएको छ ।
पोखरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क...
पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल ...
पोखरा: पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा...

