तनहुँमा ट्रक घरमा ठोक्किंदा ३ जनाको मृत्यु, ५ जना घाइते
पृथ्वीराजमार्ग चार घन्टापछि पुनः सञ्चालनमा
तनहुँ | बैशाख २०, २०८०
तनहुँ: तनहुँको बन्दिपुर गाउँपालिका-५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा बुधबार विहान ९:२० बजे अनियन्त्तित भएर घरमा ठोक्किएको प्रहरीको भनाइ छ । डुम्रेबाट मुग्लिनतर्फ जाँदैगरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा घाइते भएको आठमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा पैदल यात्रीहरु र सोही घरमा बस्ने तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
घाइतेहरुको तत्काल उद्धार गरी उपचारका लागि हाडजोर्नी अस्पताल आबुँखैरेनी तनहुँमा प्राथमिक उपचारका लागि लगिएको थियो । घाइतेहरुको थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको उनले जानकारी दिए ।
बन्दीपुर वडा -१ स्थायी घर भई हाल सोही पालिकाको वडा-५ निवासी, वर्ष १२ को आयुस भुजेल, वर्ष ६ कि आयुसा भुजेल, बर्ष ५० को चेतबहादुर घर्ती, वर्ष ५५ को सनबहादुर भुजेलको मृत्यु भएको प्रनाउ खाणले जानकारी दिए । सोही ठाउँका वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० को ईश्वर भुजेल, वर्ष ८ को समिर भुजेल, वर्ष ५ को सन्तोष भुजेल घाइते भएका छन् ।
पृथ्वीराजमार्ग चार घन्टापछि पुनः सञ्चालनमा
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुनः सञ्चालनमा आएको छ ।
बुधबार बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा-आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

