पोखरामा चुरोट, रक्सी, मोबाइलदेखि मोटरसाइकल चोरीको आरोपमा ४ जना प्रकाउ

पाेखरा | बैशाख १७, २०८०

पोखरामा चुरोट, रक्सी, मोबाइलदेखि मोटरसाइकल चोरीको आरोपमा ४ जना प्रकाउ

पोखरा:    कास्की प्रहरीले पोखरामा चोरीको आरोपमा ४ जना युवकहरुलाई प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका १६ दिपमा शंकास्पद अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चोरीका सामानसहित प्रकाउ गरेको हो । 


प्रकाउ पर्नेमा धादिङ स्थायी घर भई पोखरा महानगर ९ पृथ्वीचोक बस्ने २९ वर्षीय राजकुमार परियार, पोखरा १३ वस्ने २४ वर्षीय विनोद परियार, गोरखा स्थायी भई पोखरा १३ बस्ने ३१ वर्षीय राजकुमार नेपाली र २५ वर्षीय अर्जुन नेपालीलाई चोरीको आरोपमा प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।


प्रकाउ परेको ४ जना युवकको साथबाट ल्याप्टप किर्बोड, माउस र चार्जर १/१ थान, विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी)का बोतल ११ थान, पहेंलो रंगका रेडबुल १५ थान, चुरोट ४ बट्टा, विभिन्न कम्पनीका मोबाईल ४ थान, फलामको रड र ग ५ प २७३५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको हो । 

 
प्रकाउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीबाट चोरी चोरी सम्बन्धी मुद्दामा  ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्