पोखरामा शनिबार मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’
पाेखरा | बैशाख १७, २०८०
पोखरा: टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन् ।
पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोर्टस् अवार्डमा दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै उनले हसाउँनेछन् । पछिल्लो समयमा दर्शकको आर्कषण देखिएको स्ट्यान्ड अप कमेडीलाई यस पटकको अवार्ड कार्यक्रममा आर्कषणको रुपमा राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए ।
विषयवस्तुको गहिराईमा पुगेर त्यसलाई सुन्दर प्रस्तुती मार्फत कथामा उतार्न सक्ने खुबी भएका गौडेलको प्रस्तुतीले दर्शकको ध्यान खिच्ने अपेक्षा आयोजकले गरेको छ । स्याङजा जिल्लाका मेक्सम कार्यक्रमलाई लिएर उत्साहित छन् । हाल कमेडी च्याम्पियन कार्यक्रममा सह–प्रस्तोताको रुपमा दर्शकमाझ देखिरहेका उनको शैलीले दर्शको ध्यान खिचिरहेको छ । कमेडी च्याम्पियनमा उनले प्रस्तुती राख्दा टिकट पाउने नेता, सेलिब्रेटिको लाइफ स्टाइल, भाइरल बाबा लगायतका प्रस्तुती दर्शकको लागि रुचिकर बनेका थिए ।
अवार्ड कार्यक्रममा भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती समेत रहनेछ । यसैगरी हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ ।
अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने अवार्ड कार्यक्रमलाई सफल पार्न विभिन्न व्यक्ति तथा संघ संस्थाको साथ मञ्चलाई मिलेको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

