पोखरामा प्रचण्ड विरुद्ध घन्कियो नारा

पाेखरा | बैशाख १५, २०८०

पोखरामा प्रचण्ड विरुद्ध घन्कियो नारा

पोखरा:   नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने निर्णय गरेको भन्दै विरोध गरेको छ । 


राज्यकोषबाट रकम बाँड्ने निर्णय फिर्ता लिन माग गर्दै अनेरास्ववियुले आज शुक्रबार पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराजुलुस गर्दै विरोध गरेको हो । 


प्रधानमन्त्री प्रचण्ड विरुद्ध नाराजुलुस गर्दै अनेरास्ववियुले नालायक सरकार राजीनामा दे, प्रचण्डे चोर देश छोड्,अयोग्य लडाकुलाई राहत दिने निर्णय खारेज गर लगायतका नारासमेत लगाए । 

 

विरोध प्रदर्शन पश्चात कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष विष्णु पोखरेलले अयोग्य लडाकुलाई कहिले सम्म सरकारले अयोग्य बनाएर रकम बाँड्ने हो भनेर प्रश्न समेत गरे ?


उनले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए । अनेरास्ववियुले पोखरामा सरकारको यो निर्णय विरुद्ध कालो ब्यानरसमेत प्रदर्शन गरेको थियो । 


सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही दुई लाख रूपैयाँ रकम उपलब्ध गराउन लागेको भन्दै अनेरास्ववियुले पोखरामा विरोध गरिएको हो ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्