गण्डकीका मुख्यमन्त्रीले खाए कस्सम !  तिवारी र सिम्खडा बने मन्त्री

पाेखरा | बैशाख १५, २०८०

गण्डकीका मुख्यमन्त्रीले खाए कस्सम !  तिवारी र सिम्खडा बने मन्त्री Photo Bhupal Gurung

पोखरा:  बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीमा चयन भएका सुरेन्द्र पाण्डेले आज पद तथा गोपनियताको शपथ लिएका छन्। 

 

शपथ लगत्तै मुख्यमन्त्री पाण्डेले सरस्वती तिवारी अर्याल र सुशीला सिम्खडालाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमण्डल विस्तार बाँकी नै रहेकाले मन्त्रीद्वयलाई मन्त्रालय तोकिएको छैन् । 

 


नियुक्त भएका मन्त्रीमा अर्याल नेपाली कांग्रेस र सिम्खडा नेकपा माओवादी केन्द्रबाट विनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन् ।  


नेकपा माओवादी र एकिकृत समाजवादी सहित ३५ सांसदको  समर्थनमा पाण्डे हिजो (बिहीबार) मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 


मुख्यमन्त्रीमा नियुक्त भएपश्चात पाण्डेले सातवटै मन्त्रालयलाई नै कायम गर्ने बताएका छन् । 

 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्