पाेखरामा स्कुटरको डिक्कीबाट पैसा चोरेको आरोपमा वर्षा पक्राउ
पाेखरा | बैशाख १५, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटरको डिक्कीमा रहेको पैसा चोरी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।
कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका ९ शान्तिवन बस्दै आएका २३ वर्षीया वर्षा कामी रहेकी छिन् ।
पक्राउ परेकी वर्षाले बुधबार पोखरा –९ लखनचोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडी पार्किङमा रहेको सराङकोटका आत्मा बहादुर थापाको स्कुटरको डिक्कीमा रहेको नगद रु ८० हजार चोरेर फरार भएकी थिइन् ।
उक्त सुचनापश्चात वडा प्रहरी कार्यालय बैदाम र सिआरभी लखनचोकबाट खटिएको प्रहरीको टोलीले ती युवतीको हुलिया र सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको डिएसपी बिकले जानकारी दिए ।
उनका अनुसार ति युवतीलाई शान्तिवनस्थित आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा नगदसहित फेला पारेको थियो ।
पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

