पवित्र सहकारीको रक्तदानमा ३५ युनिट संकलन
पाेखरा | जेठ २९, २०७९
पोखरा : पवित्र वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत आईतबार रक्तदान कार्यक्रम गरेको छ । पोखरा–२६, कालिकाचोक स्थित कंधनीडाँडा भाट समाज भवनमा आयोजित उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक तथा अन्तराष्ट्रिय एथलेटिक्स खेलाडी खड्गबहादुर रानाभाटले पहिलो रक्तदाता वसन्त वञ्जराभाटलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । उहाँले रक्तदान जस्तो अरु कुनै पुण्य काम नभएको भन्दै नियमित रक्तदानले व्यक्ति निरोगी हुने बताउनु भयो ।
सो अवसरमा सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटले संस्थाले हरेक वर्ष रक्तदान गर्दै आएको वताउँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रमुख अतिथि खड्गबहादुर रानाभाट तथा संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाटले रक्तदान दातालाई प्रमाण पत्र तथा क्षेत्रिय रक्त संचार केन्द्रका प्रतिनिधिलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा पोखरा–२६ का वडा अध्यक्ष नरेन्द्र थापा, सहकारीका निर्वतमान अध्यक्ष शिवबहादुर रानाभाट, भाट समाज गण्डकी प्रदेश अध्यक्ष चन्द्रबहादुर रानाभाट, सत्यता बचत तथा ऋण सहकारीका अध्यक्ष तथा पोखरा २६ का निर्वतमान वडा सदस्य खड्कबहादुर रानाभाट, भाट समाज कास्कीका अध्यक्ष सुर्यबहादुर रानाभाट, पुर्व अध्यक्ष रमेशबहादुर रानाभाट, जग्गादाता वसन्त वञ्जराभाट र माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ की वडा सदस्य गंगा रानाभाटले शुभकामना व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ऋण लगानी संयोजक यामबहादुर रानाभाटले र संचालन सचिव तथा कार्यक्रम संयोजक चन्द्रु रानाभाटले गर्नुभएको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

