तनहुँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्यो

तनहुँ | बैशाख १०, २०८०

तनहुँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्यो

तनहुँ:  तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । जुन कुल मतदाताको ५१.७० प्रतिशत हो । यो प्रारम्भिक तथ्यांक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यहाँ एक लाख २३ हजार ३ सय ५ मतदाता थिए । यहाँ गत मंसिरमा भएको निर्वाचनमा ५४।३६ प्रतिशत अर्थात् ६६ हजार ९६५ खसेको थियो ।


तनहुँ निर्वाचन क्षेत्र  नम्बर १ अन्तरगत भानु नगरपालिकामा २१, व्यास नगरपालिकामा २०, बन्दिपुर गाउँपालिकामा ११ , देवघाट गाउँपालिकामा ८ र आबुखैरेनी गाउँपालिकामा९ गरि कुल ६९ वटा मतदान स्थल छन्  भने कुन १ सय ५२ मतदान केन्द्र छन् ।

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन ।  यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...

थप पढ्नुहोस्

काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

थप पढ्नुहोस्

काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

थप पढ्नुहोस्