कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कुँवर निर्वाचित

कैलाली | जेठ २९, २०७९

कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कुँवर निर्वाचित

कैलाली:    कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुष्पराज कुँवरको प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको सङ्घको निर्वाचनबाट कुँवर ६७८ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गर्नुभएको छ ।

    

यसैगरी वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी हरिशङ्कर ठाकुरले ४१९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (उद्योग) मा दिनेश लम्सालले ६२१, उपाध्यक्ष (एशोसिएट) मा मनोज अग्रवालले ५१६, उपाध्यक्ष (वस्तुगत) मा लक्ष्मणराज पन्तले ५४६ मतसहित निर्वाचित हुनुभएको छ ।

    

महासचिवमा ओमबहादुर विष्टले ५१४ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी सिद्धराज पनेरुले ४८१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) ले ६८० र सचिवमा सुरेश पाण्डेयले ३९९ मतसहित निर्वाचित हुनुभएको छ । 

    

सदस्यहरुमा तिलकबहादुर बोहरा, कविन्द्र पन्त, रवि कुँवर, अम्बिका भण्डारी, कोपिला कुँवर, लोकराज भट्ट, प्रकाशकुमार चन्द, रुपेश खड्का, श्यामराज जोशी, राधिकाकुमारी चौधरी, शम्भु लामिछाने, सुरेन्द्रबहादुर कठायत, कृष्णाकुमारी विष्ट, वासुदेव भट्ट, मिलन कुँवर, सुरेन्द्रकुमार बोहरा र रिता जोशी निर्वाचित भएका छन् । संघको चुनावमा जम्मा एक हजार ९५ मत मात्र खसेको थियो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्