कश्मीरमा सेना चढेको गाडीमा आक्रमण हुँदा पाँच जनाको मृत्यु
नयाँ दिल्ली | बैशाख ८, २०८०
दिल्ली: कश्मीरमा भारतीय सेनाको टोलीमाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ ।
जम्मु कश्मीरको पुँछमा हिजो दिउँसो तीन बजेतिर भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो ।
भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तीमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ ।
आक्रमणमा गम्भीर घाइते एक जनाको रजौरीमा रहेको सैनिक अस्पतालमा उपचार भइरहेको छ । जैश ‘ए’ मोहम्मद समर्थित पिपुल्स एन्टी फाँसिस्ट फ्रन्ट नामक सङ्गठनले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

