पोखरा १५ का ६१ मजदुरलाई स्वास्थ्य बीमा
पाेखरा | बैशाख ७, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १५ र पोखरा कम्युनिटी सेण्टरको संयुक्त सहयोगमा पोखरा–१५ का विपन्न मजदुरहरुलाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।
बिहीबार आयोजित एक कार्यक्रमकाबीच त्यहाँका ६१ मजदुर र उनीहरुको परिवारलाई स्वास्थ्य बीमाकार्ड वितरण गरिएको हो । यो मध्ये ३६ जनाको वडाले तथा २५ जनाको कम्युनिटी सेण्टरले बीमा गराएको हो ।
मजदुरहरुलाई बिमा कार्ड वितरण गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले पछिल्लो समय स्वास्थ्य सेवा महंगो हुँदै गएको अवस्थामा स्वास्थ्य बिमाको महत्व झनै बढ्दै गएको बताए ।
कार्यक्रममा सहयोगी संस्था पोखरा कम्युनिटी सेण्टरका निर्देशकद्वय पार्क र जोन तथा व्यवस्थापक निर्मला भण्डारीले पनि मजदुरहरुलाई बीमा कार्ड वितरण गरेका थिए । स्वास्थ्य बीमाकर्ता पवित्रा पौडेलले बीमा सेवाको बारेमा जानकारी गराएकी थिइन् ।
कार्ड प्राप्त गरेकाहरुले एक वर्ष सम्म विभिन्न १ हजार १ सय ३७ प्रकारका औषधी निःशुल्क रुपमा प्राप्त गर्ने उनले जनाइन् ।
कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा १५ का प्रमुख कृष्ण बाँस्तोलाले केन्द्रले दिएको सेवा तथा हाल सञ्चालन भइरहेको खोप र भिटामिन कार्यक्रमका बारेमा अवगत गराए । त्यस्तै वडा सदस्य आशिष भण्डारीले केहि दिन यता छिमेकी मुलुकहरुमा कोभिडको संक्रमण बढ्दै गएकोमा सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

