कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी, मन्त्रीहरूको शपथ आज
पाेखरा | बैशाख ७, २०८०
नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथग्रहण आज हुने भएको छ। बिहीबार १२:३० बजे मन्त्रीहरूको शपथग्रहण हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
बुधबार नै शपथ गराउने भनिए पनि कांग्रेसभित्रको आन्तरिक विवादले रोकिएको थियो। कांग्रेस सांसदहरूले वरियतालाई ख्याल नगरी संसदीय दलका नेताले मन्त्रीको नाम पठाएको भन्दै असन्तुष्टि जनाएका थिए।
बदलिएको सत्ता समीकरणअनुसार कर्णाली प्रदेशमा पनि कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै कांग्रेस संसदीय दलले मंगलबार मन्त्रीहरूको नाम सिफारिस गरेको थियो।
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको छ।
यी तीन वटा मन्त्रालयमा यसअघि एमालेबाट मन्त्री थिए।
२०७९ चैत २६ गते उनीहरूले राजीनामा दिएपछि खाली भएका यी मन्त्रालय कांग्रेसलाई दिने सत्ता साझेदार दलहरूबीच सहमति भएको थियो।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

