गण्डकीका मुख्यमन्त्रीले ९ गते विश्वासको मत लिने

पाेखरा | बैशाख ६, २०८०

गण्डकीका मुख्यमन्त्रीले ९ गते विश्वासको मत लिने

पोखरा:  अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । संवैधानिक बाध्यताका कारण उनले वैशाख ९ गतेभित्रै विश्वासको मत लिनैपर्ने हुन्छ ।

 

प्रदेश सभाको बैठक पनि ९ गते (शनिबार) लाई नै डाकिएको छ । सोही दिनको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै उनले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका हुन् ।

 

पत्रमा लेखिएको छ, 'संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०/०१/०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।'

 

गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । 

 

गएको पुस २५ गते एमाले, माओवादी र राप्रपाको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय ...

थप पढ्नुहोस्

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन ।  प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...

थप पढ्नुहोस्

काठमाडौं:  पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपा...

थप पढ्नुहोस्