मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

काठमाडाैं | बैशाख ५, २०८०

मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

काठमाडौं:    मलेसियाले एसिसी प्रिमियर कपको पहिलो खेलमा घरेलु टोली नेपाललाई २ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।


मलेसियाका कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए । मलेसियालाई ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । गुलशन झाको बलमा कभरमा सट खेल्ने धुनमा आमिर १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट भएका थिए ।


उनले १८ बलमा ३ चौका प्रहार गरे । दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले १ सय १६ रनको शतकीय साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । स्पिनर सन्दीप लामिछानेले ३४ औं ओभरको दोस्रो बलमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए ।


युवा ब्याटर विरनदीप ९४ बलमा २ चौकासहित ४६ रनमा आउट भए । उनी स्पिनर ललित राजवंशीको ३८ औं ओभरको पहिलो बलमा सोमपाल कामीबाट क्याच हुन पुगेका थिए । पछिल्लो समय नेपालमा टि२० फ्रेन्चाइज लिग खेल्दै आएका विरनदीप नेपालविरुद्ध संयमित ब्याटिङ गर्दै आउट भएका थिए ।


विरनदीपले २०२१ मा एभरेष्ट प्रिमियर लिग चितवन टाइगर्सबाट खेलेका थिए । गतवर्ष नेपाल टि२० लिग विरनदीपले काठमाडौं नाइट्सबाट खेलेका थिए । तल्लोक्रमका खिजर हायत २५ बलमा १ चौका र १ छक्कासहित २२, सैयद अजिज १३ र विजय उन्नी १२ रनमा आउट भए ।


सोमपाल कामीले ४७ औं ओभरको दोस्रो बलमा खिजर हायतलाई लङअनमा भीम सार्कीबाट उत्कृष्ट क्याच गराए । लगत्तै अर्को बलमा फिट्री सामलाई बोल्ड गरेका थिए । ह्याट्रिक बलमा सैजरुलले लेग साइडमा चौका हानेका थिए । सैजरुल १३ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए ।


नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ९ ओभरमा ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । ललितनारायण राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।


सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले ५ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर १ विकेट लिए ।

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...

थप पढ्नुहोस्

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

थप पढ्नुहोस्