नेपालमा ५९ लाख ८८ हजारले गरे स्वास्थ्य बीमा
काठमाडाैं | बैशाख ४, २०८०
पोखरा: नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको ७ वर्ष पुगेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ५९ लाख ८८ हजार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी छन् ।
हालको जनसँख्या अनुसार नेपालमा कुल २ करोड ९१ लाख ६४ हजार जनसँख्या रहेको छ ।
सो मध्ये २०.५३ प्रतिशत मात्र नागरिकले बीमा गराएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोर बसौलाले बताए । उनका अनुसार अघिल्लो वर्ष ४५ लाख ७२ हजार ९८९ जनाले स्वास्थ्य बीमा गराएका थिए भने गत वर्ष २९ लाख ८६८ जनाले मात्रै बीमा नवीकरण गरेका छन् ।
गत वर्षसम्म ६ अर्ब ५६ करोड ८० लाख प्रिमियम प्राप्त भएकोमा यो वर्ष २ अर्ब ४५ करोड ३७ लाख थप भई यस वर्षसम्म रु.९ अर्ब २ करोड १७ लाख प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, महालेखा परीक्षकको प्रतिवेदनअनुसार बीमीतले स्वास्थ्य सेवा लिएको बील भरपाईको आधारमा बोर्डले यो वर्ष ९ अर्ब ९२ करोड ७ लाखसमेत हालसम्म २४ अर्ब ३१ करोड ७१ लाख शोध भर्ना भुक्तानी दिएको छ ।
हालसम्म बीमा योजनामा सहभागीबाट प्राप्त बीमा प्रिमियमभन्दा रु.१५ अर्ब २९ करोड ५४ लाख बढी दाबी भुक्तानी भएको देखिएकोले दिगो रूपमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने उल्लेख गरिएको छ । नेपालमा २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ जिल्लाका ७४८ स्थानीय तहमा पुगेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम योगदानमा आधारित कार्यक्रम भएकाले सक्ने परिवारबाट वार्षिक ३ हजार ५ सय लिने गरिएको छ ।
यसबापत ५ जनाको परिवारले वार्षिक १ लाख रुपैयाँसम्मको सेवा पाउँछन् । ५ जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरी वार्षिक १ लाखमा बीस बीस हजारका दरले उपचारको सुविधा पाइन्छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

