पराष्ट्रमन्त्री साउदद्वारा पदभार ग्रहण

काठमाडाैं | बैशाख ३, २०८०

पराष्ट्रमन्त्री साउदद्वारा पदभार ग्रहण

काठमाडौं:    परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पदभार ग्रहण गर्नुभएको छ।


आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै परराष्ट्रमन्त्री साउदले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो। 


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो। 


साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो। उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एव‌म् पूर्वमन्त्री पनि हुनुहुन्छ।


नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका साउद प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ।उहाँ नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित हुनुहुन्छ। 

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग  (एनपिएल)  क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...

थप पढ्नुहोस्

पोखरा:   आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...

थप पढ्नुहोस्

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्