विरौटा –छोरेपाटन सडक निर्माणमा ढिलाई भएपछि ज्ञानेन्द्र शाहीलाई ध्यानाकर्षण पत्र
पाेखरा | बैशाख ३, २०८०
पोखरा: राम विल्डर्स कम्पनीले पोखराको विरौटा–छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै सडक संघर्ष समितिले जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्र बुझाउँदै संघर्ष समितिले सडक निर्माणमा ढिलाईसुस्ती भएको विषयमा संसदमा कुरा उठाउन माग गरेको छ ।
‘सम्माननीय सांसद मार्फत के–कति कारणले काम ढिला हुन गएको हो ? समयमै किन सम्पन्न हुन नसकेको हो ? जम्मा १.८ सडक ४ वर्षदेखि अलपत्र किन राखिएको हो ? जनताको स्वास्थ्यमा किन असर पार्ने कार्य गरिएको हो ?’ ध्यानाकर्षण पत्रमा प्रश्न गरिएको छ ।
पोखरा आउने क्रममा सांसद शाहीले चाँसो देखाएपछि पत्र बुझाएको स्थानीय पुष्प बरालले बताए । ‘काम विशेषले सांसद शाही पोखरा आउनु भएको रहेछ, पर्यटकीय क्षेत्रको सडक धुलाम्य देख्दा उहाँले आफै यो सडकको विषयमा बुझ्नुभयो, सदनमा नै कुरा राख्छु भनेपछि, ध्यानाकर्षण पत्र बुझाएको हौं,’ उनले भने ।
बरालका अनुसार सो सडकखण्ड अन्तरगत पर्यटकीय स्थल डेभिजफल तथा गुप्तेश्वर गुफासँगै सडकलाई धार्मिक क्षेत्र पुम्दीकोट, शन्ति स्तुपा लगायतका स्थल पर्छन् । बाटोको निर्माणकार्य सुस्ताउदा पर्यटकलाई आवागमनमा समस्या मात्रै नभई स्थानीले धुलाम्मे बाटोकै कारण हैरानी खेप्नु परेको उनले बताए ।
बरालले ढिलासुस्तीबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको गुनासो सुनाए ।
विरौटा– छोरेपाटन सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीलाई सो योजना सम्पन्न गर्न सरकारले केही समय म्याद थप गरेको थियो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

