सामान्य प्रशासन मन्त्रीलाई सांसद्को प्रश्न : संघीय निजामती सेवा ऐन कुन दिन पेश गर्नुहुन्छ ?

काठमाडाैं | चैत २९, २०७९

सामान्य प्रशासन मन्त्रीलाई सांसद्को प्रश्न : संघीय निजामती सेवा ऐन कुन दिन पेश गर्नुहुन्छ ? फाइल तस्बिर

काठमाडौं : संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सांसदहरूले जोड दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले निजामती सेवा ऐन ल्याउन सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ती जनाए।

 

सांसद् राजेन्द्र पाण्डेले संघीय निजामती सेवा ऐन ल्याउन सरकारले ढिलासुस्ती गरेको  बताए। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई प्रश्न गर्दै सांसद् पाण्डेले संघीय निजामती सेवा ऐन कति गते ल्याउनुहुन्छ ? भन्दै प्रश्न गरे ।

 

 पाण्डेले भने,‘ऐन ल्याउन अझै ढिला गर्न खोज्दै हुनुहुन्छ जस्तो लाग्यो ? अझै तयारी नपुगेको जस्तो लाग्यो मलाई । तपाईंले प्रशासनिक प्रमुख पठाउन गाह्रो भयो भन्नुभयो । बागमती प्रदेशमा गाह्रो भएको त देखिदैन । ’  

 

यस्तै रास्वपा सांसद् सुमना श्रेष्ठले कर्मचारीलाई उत्प्रेरणा दिन सरकारले के गरिरहेको छ ? भन्दै प्रश्न गरिन् । अतिरिक्त बजेटबाट कति जनाको तलब जाँदैछ ?, कर्मचारीलाई मोटिभेसनको प्रोसेस के छ ?, कुनै ठाउँमा कर्मचारीलाई पठाउँदा टीवआर दिन्छौं की दिदैनौं ? भन्दै प्रश्न गरिन् ।

 

मुल्यांकन फर्म सबै मन्त्रालयमा एउटै प्रकृतीको भएको भन्ने सुनिएको बारे स्पष्ट पार्न आग्रह गरिन् । उनले सुगम र दुर्गममा कर्मचारी पठाउने मापदण्डबारे जिज्ञासा राखिन् ।

 

सांसद् महेश बर्तौलाले निजामती कर्मचारीले अहिले पनि कालोपट्टी बाँध्नुपर्ने अवस्था आएको भन्दै यो अवस्थाको अन्त्य कहिले हुने भन्ने प्रश्न गरे । सांसद् ज्ञानेन्द्र शाहीले कर्मचारी जनताको कि पार्टीको भन्दै प्रश्न गरे । शाहीले कर्मचारीले तलब खाएर राजनीति गर्दै आएको भन्दै कर्मचारीमाथिको विभेद अन्त्य गर्न आवश्यक रहेको बताए । 

 

यस्तै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामती सेवा ऐन संसदमा कहिले पेश गर्ने भन्दै प्रश्न गरे।

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...

थप पढ्नुहोस्

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

थप पढ्नुहोस्