'बैंकमा पैंसा राखेर जनतालाई अलमलमा नराखियोस् '

काठमाडाैं | चैत २९, २०७९

'बैंकमा पैंसा राखेर जनतालाई अलमलमा नराखियोस् '

काठमाडौं : सांसद् ज्ञानेन्द्र शाहीले बास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् शाहीले  वर्तमान सरकारनै वास्तविक मिटरब्याजी भएको बताएका हुन् ।

 

शाहीले भने,‘पछिल्लो आठ महिनामा चालु खर्च ५१.४६प्रतिशत र पुँजीगत खर्च २२.१५ प्रतिशत र व्यवस्थापकीय खर्च ३७.४१ प्रतिशत खर्च गरेको छ । भएभरको पैंसा असारमा मात्रै खर्च गर्ने प्रवृत्ति छ । पुँजीगत खर्च ७८ प्रतिशत गर्न बाँकी छ । सबै पैंसा सरकारले बैंकमा राखेर ब्याज खाइरहेको छ । वास्तविक मिटरब्याजी कोहि छ भने त्यो सरकार हो । बैंकमा पैंसा राखेर जनतालाई अलमलमा नराखियोस् । कर्मचारीले तलब खान पाएका छैनन् । निर्माण व्यवसायीको हालत विजोग छ । ’

 

बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था आएको उनले बताए । शाहीले भने,‘नेपाल सरकारले २ खर्ब ११ अर्ब मात्रै फिक्स डिपोजिट गरेको छ । निर्माण व्यवासी र अन्यलाई रकम नदिएर ३ खर्ब ६२ अर्ब रुपैयाँ सरकारी खातामा राखेर ब्याज खाइरहेको छ । बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था छ ।’

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्