नेप्से परिसूचक २७ अङ्कले बढ्यो

काठमाडाैं | चैत २८, २०७९

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

काठमाडौं:  मङ्गलबार पुँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अङ्कमा कायम भएको हो ।

 

आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर ३५ हजार दुई सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय ३९ दशमलव ९१ र जीवन बीमा समूहको उपसूचक ८६ दशमलव १० अङ्कले बढेको छ । बैंकिङ समूह १६ दशमलव ७७, विकास बैंक समूह ७९ दशमलव १८, वित्त समूह ३७ दशमलव ४८, होटल तथा पर्यटन समूह ५३ दशमलव २२ र जलविद्युत् समूह ३७ दशमलव ९४ अङ्कले बढेको छ ।

 

त्यस्तै, लगानी समूह शून्य दशमलव ७६, लघुवित्त समूह ४९ दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव १६, निजीवन बीमा समूह ६२ दशमलव ९२, अन्य समूह १७ दशमलव ४६ र व्यापार समूह २१ दशमलव ९८ अङ्कले बढेको छ ।

 

पछिल्ला दिनहरुमा लगातार सकारात्मक सर्किट लाग्दै आएको कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ६९ प्रतिशतले बढेको छ । असानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।

 

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड १० लाख ९३ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको एक लाख ८७ हजार पाँच सय ९४ कित्ता शेयर किनबेच भएको छ । 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्