मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ

काठमाडाैं | चैत २८, २०७९

मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ

नुवाकोट : मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ परेकी छन्। 

 

जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेकी नुवाकोटको शिवपुरी गाउँपालिका-१ की ४० वर्षीया सोनाम भनिने हेरिङ डोल्मा तामाङ पक्राउ परेकी हुन्। 

 

२०७३ वैशाख ३ गते भारत लगेर बिक्री गरेको विषयमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। पक्राउ परेकी तामाङ विरुद्ध मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

 

सात वर्ष अगाडि पीडितलाई पटक-पटक फोन गरी भक्तपुरको  सूर्यविनायक चोकमा ललाईफकाई गरी ट्याक्सी चढाई हेंटौडा पुर्‍याएको र त्यसपछि इलामको पशुपतिनगर नाका हुँदै भारतको मुनिरका भन्ने स्थानमा पुर्‍याइएको र कोठीमा बिक्री गरेको खुलेको प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए। 

 

अर्का दोषी सिन्धुपाल्चोक रामचेका कुमार तामाङलाई गत २०७५ कार्तिक १४ गतेको अदालतको फैसलाले २० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएकोमा उनले कैद भुक्तान गरिरहेको नुवाकोट प्रहरीले जनाएको छ।  

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्