अमेरिकी डलरसँगै बढ्यो युरो र क्यानेडियन डलरको भाउ
काठमाडाैं | चैत २८, २०७९
काठमाडौं: मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र क्यानेडियन डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा बढेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा पाइन्छ।
सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसातोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसा बढेको हो।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...
पोखराः पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...
विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

