रास्वपाका निलम्बित सांसद श्रेष्ठबारे छानबिन गरी कारबाही गर्न माग
काठमाडाैं | चैत २७, २०७९
काठमाडौं: नेकपा (एमाले)का सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद रावलले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन्/होइन ? सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको हो ।
आइतबार (हिजो) सांसद श्रेष्ठले मन्त्री बन्नका लागि दुई करोड चाहिएको भन्दै व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो विभिन्न सञ्चार माध्याममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भइरल भइरहेको छ भने रास्वपाले सांसद श्रेष्ठलाई निलम्बित गरी २४ घण्टै स्पष्टिकरण सोधेको छ ।
सांसद रावलले त्यस्ता घटना सत्य हुन् वा होइनन् ? तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले देखिरहेका छौं अहिले दुई करोडको अडियो एकदमै भाइरल भइरहेको छ । यसमा सरकारको के छ ? यो के हो ? यसको तथ्यसत्य के हो ? हामीले भनिरहेका छौं–घुस लिने र दिने राज्यको शत्रु हुन् । यो कारबाहीको दायरामा आउनु पर्छ भनिरहँदा यो घटना आइरहँदा यो पार्टी विशेषको भन्दा पनि, पार्टीले कारबाही गर्नेभन्दा पनि राज्य, सरकारले यसको तथ्यसत्य छानबिन गरेर कारबाहीका दायरामा ल्याउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’’
सांसद रावलले सरकारलाई संविधान र कानुन अनुसार अघि बढन पनि सचेत गराउनुभयो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

