राप्रपा उम्मेदवार गुरुङ चेक बाउन्समा दोषी ठहर, ३ दिन कैद सजाय

काठमाडाैं | चैत २७, २०७९

राप्रपा उम्मेदवार गुरुङ चेक बाउन्समा दोषी ठहर, ३ दिन कैद सजाय

तनहुँ:  उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।

 

आइतबार उच्च अदालत पाटनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार दिनुभएको गुरुङलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाइएको हो ।

 

अदालतले गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै १० लाख रुपियाँ भराउने तथा तीन दिन कैद सजाय सुनाएको छ । न्यायाधीशहरू ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले गुरुङलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपियाँ भराउने आदेश गरेको हो ।

 

थप ४० हजार रुपियाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत भएको उच्च अदालतले जनाएको छ । यो फैसलाविरुद्ध गुरुङले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउनुहुनेछ ।

 

कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका सहसचिव यज्ञ भट्टराईले कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने प्रतिक्रिया दिनुभयो ।

 

सहसचिव भट्टराईले भन्नुभयो, ‘‘फैसला अन्तिम भइसकेको वा त्यो मुद्दा हेर्ने अन्तिम अदालतबाट फैसला हुँदा दोषी ठहर भएको अवस्थामा तोकिएका मुद्दाका कसुरदार मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने हुन् भट्टराईले भन्नुभयो फैसला अन्तिम नभएको अवस्थामा उम्मेदवारी बदर हुँदैन ।’’ 

 

कैद सजाय भएको फैसला भएसँगै राप्रापा तनहुँले चैत २९ गते दमौली गर्ने सभा स्थगित गरेको छ । सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल, नेताहरू रविन्द मिश्र, ज्ञानेन्द्र शाहीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । विशेष कारणवश कार्यक्रम स्थगित गरिएको राप्रपा तनहुँले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

थप पढ्नुहोस्

पोखराः   पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...

थप पढ्नुहोस्

विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

थप पढ्नुहोस्