नेप्सेमा २८ अंकको गिरावट, १ अर्ब १५ करोडको सेयर कारोबार

काठमाडाैं | चैत २६, २०७९

नेप्सेमा २८ अंकको गिरावट, १ अर्ब १५ करोडको सेयर कारोबार

काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक  दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा पुगेको छ।

 

आज २६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता सेयर  १ अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भयो।  आज सबै उपसमूहको उपसूचक राताम्मे देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा उपसमूह १७९ दशमलव ९४ र निर्जीवन बीमा समूह १५३ दशमलव ३६ अंकले घटेको छ । 

 

 बैंकिङ समूह १५.११,विकास बैंक समूह ६१ .५२,वित्त समूह २७.७३, होटल तथा पर्यटन समूह ४३.०४ र जलविद्युत् समूह ५७ .९० अङ्कले घटेको छ । त्यस्तै लगानी समूह  ०.६६,उत्पादन तथा प्रशोधन समूह ४९. ८१, लघुवित्त ४४. ३५,म्युचुअल फन्ड ०.१०,अन्य समूहको १७.३ र व्यापार समूहको २७.३३ अङ्कले घटेको हो ।

 

आजको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को सेयरमूल्य ७ .७५ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको ५ करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट  लिमिटेडको ५ करोड ७८ लाख ३७ हजार बराबरको सेयर कारोबार भयो ।

 

कारोबार भएको सेयर सङ्ख्याका आधारमा भने ग्लोबल बैंक लिमिटेडको प्रमोटर सेयर २ लाख २३ हजार चार सय ३७ कित्ता खरिद बिक्री भएको छ। 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्