तरकारी बिक्री गरेर वार्षिक पन्ध्र लाख आम्दानी
काठमाडाैं | चैत २६, २०७९
म्याग्दी: बेनी नगरपालिका–२, लभ्लीडाँडाकी ६० वर्षीया पवित्रा कार्कीले ४० वर्षदेखि निरन्तर ताजा तरकारी र सागसब्जी बिक्री गर्दै आउनुभएको छ । बेनीमा कार्कीलाई तरकारी आमा भनेर चिन्छन् । एकाबिहानै कार्की तरकारी र सागसब्जीले भरिएको डोको बोकेर बेनी बजार झर्नुहुन्छ ।
एक घण्टाजति घरघरमा तरकारी सागसब्जी पु-याएर उहाँ फेरि उकालो लाग्नुहुन्छ । पवित्राको यस्तै दैनिकी विगत ४० वर्षयता निरन्तर छ । झरीबादल, चर्को घाम उहाँका लागि सामान्य छ । तरकारी र सागसब्जी बिक्री गरेर उहाँले वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।
तरकारी खरिद गर्ने बजारमा उहाँका नियमित ग्राहक छन् । डोको बोकेर पवित्रा होटलदेखि सर्वसाधारणको घरघर पुग्नुहुन्छ । सबै किसिमका तरकारी पवित्राको डोकामा पाइन्छन् । उहाँले चाइनिज तोरी, लसुन, प्याज, पालुङ्गो, रायो, मुला र ताजा तरकारीमा काउली, बन्दा, गोलभेँडा दैनिक बेनी ल्याएर बिक्री गर्नुहुन्छ ।
“पहिला एक मुठाको एक रुपियाँमा पनि साग बिक्री गरेँ, धेरै वर्षपछि दुई रुपियाँ भयो । अहिले २० रुपियाँ र बेमौसममा उत्पादन गरेको साग मुठाको ५० रुपियाँसम्म बिक्री गर्ने गरेको छु,” पवित्राले भन्नुभयो, “एक डोका सागसब्जी बिक्री गर्दा अहिले एक हजार रुपियाँ आउँछ । तरकारी ल्याउँदा तीन हजारसम्म पार्ने गरेकी छु, मलाई आजकल त बजारमा तरकारी आमा बनेर बोलाउने गर्नुहुन्छ ।” दुई/तीन रोपनीमा सागसब्जी र तीन/चार रोपनीमा अन्य तरकारी खेती गर्ने गरेको पवित्राले सुनाउनुभयो ।
उहाँका श्रीमान् चन्द्रबहादुर कार्कीले जिल्लाकै नमुना कृषकको पहिचान बनाउनुभएको छ । पवित्राको परिवारमा श्रीमान्, छोरा र बुहारी छन् । सबै जना तरकारी खेतीमा आबद्ध छन् ।
कार्कीको खेतबारीमा बाह्रै महिना आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल हुन्छन् । तरकारीका साथै गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्की परिवारले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

