घट्यो अष्ट्रेलियन डलर र पाउण्डको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडाैं | चैत २६, २०७९

घट्यो अष्ट्रेलियन डलर र पाउण्डको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडौं:  राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

 

आइतबार अष्ट्रेलियन डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

 

अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७८ पैसा तोकिएको छ।

 

शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८७ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा घटेको हो।

 

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको छ।

 

शुक्रबार पाउण्ड एकको खरिददर १६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रूपैयाँ ६२ पैसा तोकिएको आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। 

 

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा पाइन्छ। 

 

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा पाइन्छ।

 

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ।

 

त्यसैगरी, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ।

 

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३५ पैसा तोकिएको छ।

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...

थप पढ्नुहोस्

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

थप पढ्नुहोस्