नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने स्याङ्जाका ढकाल प्रकाउ
पाेखरा | चैत २४, २०७९
पोखरा: नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले नेपाली सेनाको साइबर स्पेस (सर्भर) ह्याक गरेको अभियोगमा पोखराको बाटुलेचौरबाट २१ वर्षे सागर ढकाललाई प्रकाउ गरेको छ ।
प्रहरी अनुसन्धानका अनुसार ढकालले घरधनीको इन्टरनेट प्रयोग गरी सेनाको साइबर स्पेसमा विभिन्न समयमा आक्रमण गरेको खुलेपछि २१ वर्षे ढकाललाई प्रकाउ गरेको हो । ढकाल स्याङ्जाको वालिङका हुन् । केही समययता पोखरा १६ मै बस्दै आएका थिए ।
साइबर स्पेसमा आक्रमण हुन थालेपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।
साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा उक्त कार्यमा उनको संलग्नता पुष्टि भएपछि उनलाई ब्युरोबाट खटिएको टोलीले बाटुलेचौरबाट बिहीबार नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा सम्मानित जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

