ल्याण्डफिलसाइट सार्ने पोखरा महानगरको पहिलो बैठकको निर्णय
पाेखरा | जेठ २७, २०७९

पोखराः पोखरा महानगरपालिकाको पहिलो कार्यापालिका बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । कार्यपालिका बैठकले ल्याण्डफिलसाइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।
पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक सौचालय निर्माण गर्ने र यसरी सौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न संघ सस्था र रेष्टुरेष्टका सौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न दुइपक्षीय संझौता गर्ने निर्णय भएको छ ।
यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालिन सेवा सञ्चानमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्नेगरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारीता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । उनले यसको थालनी समेत भइसकेको दाबी गरेका छन् ।
पूर्वाधार तयार पार्ने र कामलाई अगाडि बढाउने काम सुरु गरिएको उनले बताए । छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाई अभियान चलाएर व्यवहारिक रुपमा आपत्कालिन सेवा, जो महानगरको दायित्वभित्र पर्छ त्यो तत्काल गर्ने निर्णय भएको उनले बताएका छन् । मेयर धनराज आचार्यको योजना अनुरुप अरु यस्ता नागरिकले महसुस गर्ने खालका कार्यक्रम अगाडि बढ्ने पनि उनले बताए । पोखराका खाल्डाखुल्डी पुर्न समेत तत्काल जनशक्ति परिचालन गरिने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रिज्यालका अनुसार पोखरा महानगरमा विभिन्न समिति गठन भएका छन् । त्यसैगरी महानगरले तालचोक–बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्विकृत गरेको छ । झण्डै तीन किलोमिटर दूरीको चार लेनको सडक निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ ।
पोखरा महानगरको प्रशासकीय भवन निर्माणका लागि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । वडा अध्यक्षहरु दिवशमान प्रधानंग, राधिका शाही, र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङको रहेको समितिले अर्को कार्यपालिका बैठकमा अध्ययन गरेर प्रशासनिक भवन निर्माणका लागि स्थान सिफारिस गर्ने उनले जानकारी दिए ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...
पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...
पोखरा: कास्कीको तीन पालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा भोलि कास्कीको अन्नपूर्ण, मादी र माछा...