पुनः मतगणनाको आदेशपछि पुस्कल भन्छन्ः जीत हार हैन, जनमतको कदर होस्
पाेखरा | चैत २२, २०७९
पोखरा महानगरपालिका –१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदमा ३ मतले पराजित भएपछि पुस्कलबहादुर थापाले पुन मतगणना गर्न उच्च अदालत पोखरामा दिएको निवेदन सुनुवाई भएको छ ।
अदालतले वैशाख २० मा पुनः मतगणनाको आदेश दिएपछि थापाले लोकतान्त्रिक व्यवस्थामा जनताको मतको कदर गरिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
‘मेरो जीत वा हारले खासै अर्थ राख्दैन’ थापाले भने ‘लोकतान्त्रिक व्यवस्थामा जनताको मत सर्वाेच्च हो, जनमतको कदर हुनुपर्छ ।’ चुनावी प्रक्रियामाथि जालझेल हुन नहुने भन्दै आफुले हारको आक्रोशले नभई मतदाता र व्यवस्थामाथि प्रहार हुनुहँदैन भन्ने आशयकासाथ अदालतमा निवेदन दिएको थापाको भनाई छ ।
थापा भन्छन् ‘म हार्न पनि सक्छु, उहाँले (वर्तमान वडाध्यक्ष) ३ को सट्टा २० भोट बढी ल्याएर जित्न पनि सक्नुहुन्छ, तर जनताको मतमाथि धोका हुनुभएन ।’
जीत वा हारलाई सहर्ष स्वीकार्नुपर्ने बताउँदै उनले आफु पुनः पराजित भए वडाध्यक्षलाई फुल अबीरसहित बधाई दिने बताए । ‘हाम्रो स्वार्थ यहाँको उन्नती, विकास हो’ थापाले भने ‘हामी असल राजनीतिक संस्कारका पक्षधर हौं ।’
मतगणनामा नेकपा एमाले उम्मेदवार थापालाई हराउँदै नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले भने तिमिल्सिनाले १६ सय ४३ र थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

