रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रिन थाले
काठमाडाैं | चैत २०, २०७९

काठमाडौं : रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रन थालेका छन्। चीनले शनिबारदेखि नाका पूर्ण रूपमा सञ्चालन गरेसँगै चिनियाँ पर्यटक नेपाल भित्रन थालेका हुन्।
शनिबार र आइतबार नाकाबाट २६ जना पर्यटक भित्रिएका अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलले बताए।
उनका अनुसार चिनियाँ पर्यटकहरू काठमाडौंका आएका छन्। साथै नेपालबाट आइतबार पाँचजना चिनियाँ पर्यटक केरुङतर्फ गएका छन्। केरुङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। कोभिड-१९ का कारण लामो समयसम्म नाकाबाट मान्छेको आवतजावत रोकिएको थियो।
रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो। कोभिड-१९ सुरु हुनुपूर्व नाकाबाट चिनियाँसहित विभिन्न देशका पर्यटक नाकाबाट आउने गरेका थिए।
रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका छन् ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...
पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...
पोखरा: कास्कीको तीन पालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा भोलि कास्कीको अन्नपूर्ण, मादी र माछा...