गण्डकीमा एक हजार चार सय बढी क्षयरोगी
काठमाडाैं | चैत २०, २०७९
स्याङ्जा: औषधि सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् ।
स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी रहेर छ महिना सेवन गरे निको हुने क्षयरोग हरेक दिन बढ्दै जाँदा सबैका लागि चुनौती बनेको छ ।
गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा दुई हजार चार सय ४७ बिरामी भेटिएकोमा यस आर्थिक वर्षको आठ महिनामा गत वर्ष भन्दा एक हजारले कम देखिएको हो । यहाँ आव ०७७/७८ मा भन्दा आव ०७८/७९ मा ५८२ जना बढी बिरामी भेटिएका थिए ।
क्षयरोगको मुख्य गरेर चैतदेखि असारसम्म सबैभन्दा धेरै बिरामी देखिने बताउँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग कार्यक्रम संयोजक राजेश यादव बिरामी भेटिने समय अगावै धेरै बिरामी भेटिएको बताउनुभयो ।
गत आर्थिक वर्षको यसै अवधिमा बिरामीको सङ्ख्या धेरै कम रहेको र अबको चार महिनामा यस भन्दा बढी बिरामी भेटिने उहाँको भनाइ थियो ।
गण्डकीमा आठ महिनामा सबैभन्दा धेरै कास्कीमा ३५८ जना बिरामी भेटिँदा सबैभन्दा थोरै मनाङमा तीन जना बिरामी भेटिएका छन् ।
नवलपुरमा ३३८, तनहुँमा १७६, स्याङ्जामा १७०, बागलुङ १४०, गोरखा ११९, लमजुङ ५३, पर्वत ४६, म्याग्दी ३३ र मुस्ताङमा पाँचमा क्षयरोगका बिरामी रहेका छन् ।
पाँच वर्ष पहिला एक जना बिरामी देखिएकोमा गत वर्ष दुई जना क्षयरोगका बिरामी मनाङमा भेटिएका थिए भने अहिले आठ महिनामै धेरै भेटिएका हुन् ।
भेटिएका क्षयरोगका बिरामीको सङ्ख्या कम भएको बताउँदै गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रका निमित्त निर्देशक अरुणकुमार झाले बिरामीले रोग लुकाउँदा सरकारी तथ्याङ्कमा सङ्ख्या कमी रहेको बताउनुभयो ।
कसैले थाहा नपाउन भनेर निजी स्वास्थ्य केन्द्रमा सरकारको तथ्याङ्क भन्दा बढी बिरामीले औषधि सेवन गर्दै आएको उहाँले बताउनुभयो ।
सबै क्षेत्रबाट रोगको बारेमा सचेतना जगाएर जान सकेमा बिरामीको सङ्ख्या कमी आउने बताउँदै झाले आम नागरिक पनि यसमा जोडिनुपर्ने बताउनुभयो ।
११ जिल्ला रहेको गण्डकीमा ७९२ डट्स सेन्टरबाट क्षयरोगका बिरामी उपचार हुँदै आएको छ ।
देशभर क्षयरोग नियन्त्रण केन्द्रका मार्च २४ को प्रतिवेदनमा आव ०७८/७९ मा ३७ हजार ८६१ बिरामी रहेको छ भने सरकारी सर्भेमा प्रत्येक वर्ष ७९ हजार बिरामी बढ्ने र १७ हजारको मृत्यु हुने तथ्याङ्क छ । आव ०७७/७८ मा देखिएका बिरामी भन्दा १० हजार १८४ ले ०७८/७९ बढी हो ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

