तनहुँ-१ मा एमालेका सर्वेन्‍द्र खनालले गराए मनोनयन दर्ता

तनहुँ | चैत २०, २०७९

तनहुँ-१ मा एमालेका सर्वेन्‍द्र खनालले गराए मनोनयन दर्ता

तनहुँ: आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले मनोनयन दर्ता गराएका छन्।

 

खनालले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । 

 

उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्।

 

गत मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचनका हुन लागेको हो।

 

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकेको हो। नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा.स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउने तयारीमा  छन्।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्