नेप्से परिसूचकमा २० अंकको गिरावट
काठमाडाैं | चैत १९, २०७९
काठमाडौं: साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ।
आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा ओरालो लागेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ।
आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको शेयर कारोबार भएको छ। गत बिहीबारको तुलनामा शेयर कारोबार रकम बढेको छ।
नेप्सेका १३ उपसमूहमध्येसबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ।
आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। तर यता स्वाभिमान लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशत घटेको छ। आइतबार कारोबारमा एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
पाेखरा: तिहारको छेको पारेर पोखरामा पटका पड्किने क्रम बढेको छ । शहरका मुख्य सडकभन्दा रेसिडेन्टल क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटक...
‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो ...
नुवाकोट: तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको क...