आलु महोत्सव नजिकिदै गर्दा हेम्जामा सरसफाई

पाेखरा | चैत १९, २०७९

आलु महोत्सव नजिकिदै गर्दा हेम्जामा सरसफाई

पोखरा:  ११ औं  संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव नजिकै  आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेम्जा​मा सरसफाई गरिएको छ ।


११ औं  संस्करणको महोत्सव नजिकिदै गर्दा आलु महोत्सव आयोजक बिष्णु पादुका क्लबको आयोजनामा हेम्जाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै  चाक्लेकुलासम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको हो ।


उक्त अवसरमा बिष्णु पादुका क्लबका पदाधिकारीहरु तथा हेम्जामा रहेका विभिन्न संघ सस्था, आमा समुह, युवा क्लब तथा स्थानियहरुले सहभागीता जनाएको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा संकलन फोहोरलाई बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ब्यवस्थापन गरिएको महासचिव श्रेष्ठले बताउनुभयो ।


विगतका वर्षहरुमा पनि हेम्जा आलु महोत्सवमा महोत्सव स्थल परिसर र आसपासका टोलहरुमा सरसफाइ गरिदै आएको र सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने हेम्जा आलु महोत्सव मुल आयोजक समारोह समितिका संयोजक तथा बिष्णु पादुका क्लवका अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो ।


बिष्णु पादुका क्लब पोखरा २५ हेम्जाको आयोजनामा यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म बिष्णु पादुका खेल मैदानमा ११ औं राष्ट्रिय हेम्जा आलु महोत्सव हुदैछ ।

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन ।  प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...

थप पढ्नुहोस्

काठमाडौं:  पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपा...

थप पढ्नुहोस्

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्