लेंक लागेर मुस्ताङमा भारतीय महिलाको मृत्यु

मुस्ताङ | चैत १८, २०७९

लेंक लागेर मुस्ताङमा भारतीय महिलाको मृत्यु

जोमसोम : मु्स्ताङमा भारतीय महिला पर्यटकको लेंक लागेर मृत्यु भएको छ।

 

भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरावादीकी ६१ वर्षीया रुपा थाङ्लाको लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

 

मुक्तिनाथ दर्शनका लागि बिहीबार बेनी–जोमसोम सडकमार्ग हुँदै २२ जनाको भारतीय टोलीमा उनी जोमसोम आएकी थिइन्। 

 

शुक्रबार बिहान जोमसोमबाट मुक्तिनाथ जाने क्रममा रानीपौवा बसपार्कमा लेंक लागेर बेहोस भएकी ढलेकी थिइन्। 

 

उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

महिलाको शव प्रहरीले आफन्तको जिम्मा लगाइसकेको प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। सँगै आएका उनका श्रीमानलाई पनि लेक लागेपछि  तत्काल हवाई सेवामार्फत पोखरा लगिएको थियो।

पोखरा:   पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ ।                       &...

थप पढ्नुहोस्

पोखरा:   पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।  तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

थप पढ्नुहोस्