नेपालले जित्यो ‘थ्री नेसन्स कप’को उपाधि

काठमाडाैं | चैत १७, २०७९

नेपालले जित्यो ‘थ्री नेसन्स कप’को उपाधि

काठमाडौं: नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो । 

 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो । खेलको सुरुवाती अग्रता लाओसले लिएको भए पनि नेपालले घरेलु मैदानमा उपाधि रक्षा गरेको हो । 

 

नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गर्नुभयो। खेलको १७ औं मिनेटमा लाओसका लागि फोउचाङभोङ साङ्भिले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । 

 

खेलको २४ औं मिनेटमा नेपालका आयुष घलानले बराबरी गोल फर्काउनु भएको  थियो। एरिक विष्टको पासमा आयुषले गोल गर्नुभएको हो । उपाधि रक्षाका लागि लाओसविरुद्ध खेलको ८७ औं मिनेटमा अन्जन विष्टको पासमा मनिष डाँगीले नेपालका लागि गोल गर्नुभएको हो । 

 

फाइनल खेलमा म्यान अफ द म्याच नेपालका २१ नम्बर जर्सीका मनिष डाँगी बन्नुभयो । सर्वोत्कृष्ट खेलाडीको उपाधि नेपालकै जर्सी नम्बर १९ का आयुष घलानले पाउनुभएको छ।

 

 प्रतियोगिताको विजेता नेपालले पाँच हजार अमेरिकी डलर र दोस्रो हुने लाओसले तीन हजार डलर पुरस्कार पाएका छन्। विजेता र उपविजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको छ ।

 

नेपालले उद्घाटन खेलमा लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो । लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै  प्रतियोगिताबाट बाहिरिएको थियो।  

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

थप पढ्नुहोस्

पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको तीन पालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।  आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा भोलि कास्कीको अन्नपूर्ण, मादी र माछा...

थप पढ्नुहोस्