रिलिजअगावै नाफामा दयाहाङ र मिरुनाको फिल्म 'जारी'

काठमाडाैं | चैत १७, २०७९

रिलिजअगावै नाफामा दयाहाङ र मिरुनाको फिल्म 'जारी'

अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म 'जारी' को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ।

 

अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा फिल्म प्रदर्शन हुने तय भएको हो।

 

'नेपाली फिल्मको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि हो,' निर्माता रामबाबु गुरुङले भने। 

 

उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो सातामा फिल्म रिलिज हुनेछ। क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुनेछ।

 

निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन्।

अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए। ‘जारी’ प्रदर्शनअगावै निर्मातालाई नाफामा लैजाने फिल्म बनेको छ।

 

पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमा फिल्म निर्माण भएको छ। 

 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। 

 

बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

 

शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

 

यो फिल्म वैशाख १ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ। 

काठमाडौँ:    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।   अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...

थप पढ्नुहोस्

पोखरा:   बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ ।  सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...

थप पढ्नुहोस्

काठमाडौं:   नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।  नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

थप पढ्नुहोस्