‘रोटरी क्लब अफ गण्डकी’ रोटरी इन्टरनेश्नलमा दर्ता

पाेखरा | चैत १७, २०७९

‘रोटरी क्लब अफ गण्डकी’ रोटरी इन्टरनेश्नलमा दर्ता

पोखरा:  ‘रोटरी क्लब अफ गण्डकी’ अन्तरराष्ट्रिय क्लब रोटरी इन्टरनेशनलमा दर्ता भएको छ ।

 

रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा ४४ जना चार्टर सदस्यसहित ‘रोटरी क्लब अफ गण्डकी’ दर्ता भएको हो ।

 

सामाजिक काममा क्रिायशिल रोटरी इन्टरनेश्नलमा ‘रोटरी क्लब अफ गण्डकी’ दर्ता भएसँगै सो क्लबको अध्यक्षको (चार्टर प्रेसिडेन्ट) जिम्मेवारी युवा व्यवसायी किसान सुनारले पाएका छन् । 

 

यस्तै प्रेसिडेन्ट इलेक्टमा सुवास ढुंगाना, प्रेसिडेन्ट नोमिनीमा निर्देशन कुमार चुल्याजु, भाइस प्रेसिडेन्टमा डा. सञ्जय कोइराला, सेक्रेटरीमा नवराज आचार्य, ट्रेजरीमा तारानाथ ढुंगाना, जेटी सेक्रेटरीमा कृष्ण प्रसाद तिमिल्सिना, जेटी ट्रेजरीमा कमल विश्वकर्मा, क्लब एड्मिनिस्ट्रेसनको चेयरमा राजु कुमार पौडेल, मेम्बरसिपको चेयरमा किसान गिरी, पब्लिक रिलेसनको चेयरमा शान्ता बहादुर लामिछाने रहेका छन् ।

 

क्लबको सर्भिस प्रोजेक्टको चेयरमा ज्ञान बहादुर नेपाली, द रोटरी फाउण्डेशनको चेयरमा डा. दिनेश कुमार विक, सर्जेन्ट एटीआर्मसमा तारानाथ भण्डारी, इडिटरमा कमिल खान, न्यू जेनेरेसनमा गौतम सुनार र फण्ड राइजिङको चेयरको जिम्मेवारी पूर्ण बहादुर लामगादेले सम्हाल्ने छन् ।

 

उक्त क्लब नेतृत्वको जिम्मेवारी पाएसँगै स्वार्थ भन्दा माथि उठेर सधैं सामाजिक सेवामा लागिरहने चार्टर प्रसिडेन्ट किसान सुनारले बताए । ‘रोटरी क्लब अफ गण्डकी विधिवत रुपमा दर्ता भएका छौं, सुनारले भने, ‘आगामी दिनमा हाम्रो सिङ्गो टिम स्वार्थ भन्दामाथि उठेर सामाजिक काममा लागिरहने छौं ।’ 

 

शिक्षा, स्वास्थ्य पहुँच, बालअधिकार, अर्थतन्त्र, वातावरण, आधारभूत आवश्यकता तथा सामाजिक कार्यमा क्रियाशिल रोटरी क्लब नेपाल– भुटान डिस्ट्रिक्ट ३२९२ भित्र १ सय ६५ वटा क्लब छन्  भने विश्वभर करिब ४६ हजार बढी क्लबहरु सक्रिय छन् ।

 
 

बर्दिया:   मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुत...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु ...

थप पढ्नुहोस्

मुस्ताङ:   मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहय...

थप पढ्नुहोस्