लुटेको सुन किनेपछि रजनी सुनचाँदी पसलका गहतराज पक्राउ

पाेखरा | चैत १७, २०७९

लुटेको सुन किनेपछि रजनी सुनचाँदी पसलका गहतराज पक्राउ

पोखराको महेन्द्रपुलस्थित रजनी सुुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराज पक्राउ परेका छन् । 

 

गहतराजले बिलबिनाको ८० लाल सुन किनेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो । प्रहरीले जनाए अनुसार उनले किनेको सुन हत्या भएको महिलाको हो । 

 

गत आइतबार म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो । धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् । 

 

श्रेष्ठलाई काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारले हत्या गरी उनको सुन लुटेको प्रहरी उपरीक्षक अवधेश विष्टले जानकारी दिए । 

 

विष्टका अनुसार सुनारले लुटेको गहना गहतराजले किनेका हुन् । ‘हामीले रविनको पसलबाट सुनसमेत बरामद गरेका छौं’ विष्टले भने । 

 

प्रहरीले गहतराज र सुनारलाई तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कत्र्तव्य ज्यान मुद्धाको प्रक्रिया अघि बढाइएको छ । 

काठमाडौंः   उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबिच भेटवार्ता सम्पन्न भएको छ ।   परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार ...

थप पढ्नुहोस्

पोखरा:     आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने अवार्डमा सहयो...

थप पढ्नुहोस्

काठमाडौंः   जापानका विदेशमन्त्री खामिखावा योकोले वसन्तपुरको भ्रमण गर्नुभएको छ। नेपालको औपचारिक भ्रमणका लागि आइतबार दिउँसो काठमाडौं आइपुग्नुभएका उहाँ अपराह्न वसन्तपुरमा पुग्नुभएको हो।    ...

थप पढ्नुहोस्