अपरान्ह ३ बजे राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण
काठमाडाैं | चैत १७, २०७९
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजैबाट सत्तारुढ हुने भएको छ ।
नवनियुक्त मन्त्रीहरूले आजै ३ बजे राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्री पदको शपथ ग्रहणको समय तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सञ्चारकर्मीहरूलाई २ः३० बजे नै राष्ट्रपति भवनमा आउन निमन्त्रणा पनि गरिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले शपथ ग्रहणको तयारी सुरु भएको जानकारी दिनुभयो ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्रपति पौडेलसँग भेट गरी नयाँ मन्त्रीहरूको शपथ ग्रहणका लागि समय लिनु भएको जानकारी प्राप्त भएको छ । राष्ट्रपतिसँग प्रधानमन्त्रीको यो नियमित भेट हो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

