तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्को भेला पोखरामा
पाेखरा | चैत १६, २०७९
पोखरा: तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्को १३ औं केन्द्रीय पोखरामा चैत १८ र १९ गते हुने भएको छ ।
दुई दिनसम्म चल्ने केन्द्रिय पार्षदसभामा गुरूङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनैतिक अधिकारका बिषयमा छलफल हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा परिषद् अध्यक्ष कर्णबहादुुर गुरूङले जानकारी दिए ।
‘तमू भाषालाई सरकारी कामकाजको भाषा हाम्रो आव्हान, तमू भाषामा तमू थातथलोको नाम पुर्नस्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान’ नारासहित आयोजना हुने सो भेलामा देशभरबाट गरी ६ सयजना प्रतिनिधिहरूको सहभागिता रहने छ ।
विभिन्न जिल्ला तथा प्रदेश समितिहरू, विशेष सदस्य संगठन, केन्द्रिय सल्लाहकार, निर्देशन तथा अनुगमन समितिको भेलामा सहभागिता रहने छ । पोखरा सभागृहमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाइ छ ।
नेपालको संविधानले परिकल्पना गरेको राज्यको विकासका बारेमा संस्थागत धारणहरू निर्माण गर्ने बिषयमा नीतिहरू पारित गर्ने भेलाको मु्ख्य उद्देश्य रहेको अध्यक्ष गुरूङले बताए । संस्थाको सांगठनिक संरचना राज्यको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यसमिति, ६५ वटा जिल्लामा जिल्ला कार्यसमिति रहेका छन् ।
पोखरा: पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपक...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय ...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...

