स्याङ्जामा खानेपानीको पहुँच ९० प्रतिशत, इन्धनमा दाउराकै भर

स्याङ्जा | चैत १४, २०७९

स्याङ्जामा खानेपानीको पहुँच ९० प्रतिशत, इन्धनमा दाउराकै भर तस्बिर: साभार

वालिङ:  स्याङ्जाका ९० प्रतिशत घरपरिवारले सहज रूपमा खानेपानीको उपभोग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा धारा र पाइपको प्रयोगमा ८९ दशमलव ५ प्रतिशत नागरिकले सहज रूपमा खानेपानीको उपभोग गर्दै आएको पाइएको हो । 

 

जिल्लाका ६८ हजार ९५९ घरपरिवार मध्ये ६१ हजार ६९२ परिवारले धारा पाइपको पानी घरभित्र र परिसरमै उपभोग गर्दै आएको तथ्याङ्कमा समावेश गरिएको छ । झण्डै छ हजारले मुलधाराको र एक हजार परिवारले खुल्ला इनारको पानी उपभोग गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

 

तथ्याङ्कको सुविधा र साधनमा ६५ दशमलव ७ प्रतिशत अर्थात् ४५ हजार २९३ परिवार काठ र दाउरा मार्फत खाना बनाउने इन्धनका रूपमा प्रयोग गर्दै आएका छन् । एलपी ग्याँसको प्रयोग गर्ने नागरिकको सङ्ख्या २२ हजार ६४३ रहेको छ । बायोग्यास र विद्युत प्रयोग गर्नेको सङ्ख्या करिब दुई प्रतिशत मात्रै छ । 

 

तथ्याङ्क अनुसार जिल्लाका ५० हजार ३३० ले सुविधा सम्पन्न र १५ हजार परिवारले साधारण शौचालयको प्रयोग गरेको देखिन्छ । शौचालयको रूपमा दुई हजार छ सयले सार्वजनिक ढल प्रयोग गर्दै आएका छन् भने एक प्रतिशत घरपरिवारको शौचालय नै छैन ।

 

बत्ती बाल्न प्रयोग हुने इन्धन तर्फ ९९ प्रतिशत घरपरिवारले विद्युत उपभोग गर्दै आएको तथ्याङ्कमा देखिन्छ । नेपालकै ठूलो १४४ मेगावाटको जलविद्युत ‘कालीगण्डकी ए परियोजना’ मार्फत विद्युत प्राधिकरण र ९ दशमलव ४ मेगावाटको बुटवल पावर कम्पनी (बीपीसी) आँधीखोला वितरण केन्द्रले जिल्लाका शतप्रतिशत घरधुरीका नागरिकले विद्युत सेवा उपभोग गरेको दाबी गरेका छन् । 

 

जिल्लामा २५ हजार घरपरिवारले इन्टरनेटको प्रयोग गर्दै आएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार ८ हजार घरपरिवारले ल्यापटप वा कम्प्युटर प्रयोग गरेका छन् भने करिब २ हजार घरपरिवारले कार, जिप भ्यान प्रयोग गरेको देखिन्छ । झण्डै २० प्रतिशतले हुने १५ हजार घरपरिवारले मोटरसाइकल वा स्कुटर प्रयोग गर्दै आएको तथ्याङ्कले देखाउँछ । 

 

साधन र सुविधा अन्तर्गत स्याङ्जाका करिब ९८ प्रतिशत घरपरिवारले कुनै न कुनै साधन र सुविधा प्रयोग गर्दै आएका छन् । रेडियो ३४, टेलिभिजन ६४, साधारण मोबाइल ८० प्रतिशत घरपरिवारले प्रयोग गरेका छन् भने, स्मार्ट मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या करिब ७६ प्रतिशतले हुने ५३ हजार घरपरिवार रहेको छ ।

काठमाडौं:  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् ।  बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...

थप पढ्नुहोस्

काठमाडौं:  ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

थप पढ्नुहोस्