पार्टीको भूमिका हेरेर मन्त्रालय भागबण्डा गर्न झलनाथ खनालको माग
काठमाडाैं | चैत १४, २०७९

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको भूमिका हेरेर मन्त्रालय भागबण्डा गर्न माग गरेका छन्।
मिटरब्याजी पीडितहरूको धर्नालाई एक्यबद्धता जनाउँदै उनले माइतीघर मन्डलामा सञ्चारकर्मीहरूसँग भने, 'सरकारमा दस दल सहभागी छौं। दस दललाई २५ मन्त्रालय पुर्याउनुपर्ने छ। त्यसैले पार्टीको भूमिका हेरेर सिट भागबण्डा गरियोस्। सबैलाई मन्त्रालय दिनुपर्छ भन्ने पनि छैन।'
उनले गठबन्धनमा आबद्ध पार्टीहरूले धेरै मन्त्रालय दाबी गर्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको स्पष्ट पारे। 'सबैले धेरै मन्त्रालय दाबी गरेका छन्।
जसका कारण सरकारले पूर्णता पाउन सकेको अवस्था छैन। आजको बैठकले पक्कै पनि केही सकारात्मक छलफल हुने अपेक्षा गरेका छौं,' उनले भने।
उनले गठबन्धनमा आबद्ध दलहरूले सरकार विस्तार गर्नु अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए। 'मैले के सुझाव दिन खोजेको हुँ भने, पहिले नीति बनाउनुस्, कार्ययोजना ल्याउनुस्। अनिमात्र भागबण्डा गरेको औचित्य हुन्छ। हतारमा सरकारमा विस्तार गरेर पनि केही हुँदैन,' उनले भने।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...