ट्याङ्कीमा शव भेटिएपछि वैकल्पिक रूपमा खानेपानी वितरण
तनहुँ | चैत १४, २०७९
फाइल तस्बिर
तनहुँ: ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका –४ पिपलटारका बासिन्दाको खानेपानी समस्या समाधानको लागि काम अघि बढेको छ ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि काम अघि बढेको हो ।
सांसद भण्डारीको पहलमा सो स्थानमा सञ्चालित पिपलटार खानेपानी आयोजनाका लागि तीन लाख ७० हजार बराबरको खानेपानीको पाइप उपलब्ध गराइएको छ ।
आइतबार खानेपानी आयोजनाको ट्याङ्कीमा महिलाको शव भेटिएपछि त्यो पानी उपभोक्ताले प्रयोग गरेका छैनन् । वैकल्पिक ढङ्गले खानेपानीको व्यवस्था गर्न उक्त खानेपानीको पाइप उपलब्ध गराइएको हो ।
सांसद भण्डारीले गण्डकी प्रदेशका खानेपानी मन्त्रालयका सचिव डा. सन्तोष कैनीलाई टेलिफोन गरी पाइपको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । खानेपानीको पाइप उपलब्ध भएसँगै १३८ घर परिवार लाभान्वित हुने भएका छन् ।
दूषित पानी पिउँदा सो गाउँका ३५० जना बिरामी भएको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो । ट्याङ्कीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्की चेक गर्ने क्रममा लास देखेर प्रहरीमा खबर गरेका थिए ।
खानेपानी ट्याङ्की मृत भेटिएकी महिलाको पहिचान खुल्यो
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरस्थित खानेपानीको ट्याङ्कीमा आइतबार मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । सो शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।
मृतक शान्तिको छोरा गणेश श्रेष्ठले शव बुझेको उहाँले जानकारी दिनुभयो । गत फागुन २३ गतेदेखि हराउनु भएकी श्रेष्ठ फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गर्नको लागि चैत ६ गते निवेदन दिएको शर्माले बताउनुभयो । ‘‘शव फेला परेपछि हराएको सूचना दिने परिवारलाई बोलायौँ, मृतकको पहिचान खुल्यो छोराले शव बुझ्नु भयो’’ प्रहरी निरीक्षक शर्माले भन्नुभयो ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

